HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
नेवानिलाई आन्तरिक उडानको जहाज खरिद योजना बनाउन निर्देशन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिद योजना बनाउन नेपाल वायुसेवा निगम (नेवानि)लाई निर्देशन दिएका छन्। दुर्गम क्षेत्रका नागरिकहरूलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेवानिलाई मन्त्री भट्टराईले निर्देशन दिएको पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द, करिब साढे ९ करोड धरौटी जफत कृषि सामाग्री कम्पनीले तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजसँगको ठेक्का रद्द गर्दै यी कम्पनीलाई कारबाही गरेको छ। कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीले राखेको करिब रु. साढे नौ करोड ब्यांक धरौटी जफत गर्ने निर्णय गरेको हो।