HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
निजी प्रयोगशालाको कोरोना रिपोर्टको छानबिन हुने, सरकारीलाई मात्रै मान्यता दिन निगमको आग्रह विदेशमा हुने उडानमा यात्रा गर्ने यात्रुहरूको पीसीआर रिपोर्ट नेपालमा नेगेटिभ आउने र विदेश पुग्नेबित्तिकै परीक्षण गर्दा भने पोजिटिभ आएको विषयमा आवश्यक छानबिन गरी कारबाही हुने भएको छ।
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै रू. ५ अर्ब     साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ। लगातार उकालो लागेको नेप्सेमा बिहीबार झण्डै ११ अङ्कको वृद्धि भएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०‍.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ।