HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्लग
वसन्त महर्जन
वसन्त महर्जन
राजनीतिमा बौद्ध भिक्षु, नसुहाउँदो व्यवहार -वसन्त महर्जन शील–सदाचारयुक्त हुनैपर्ने बौद्ध भिक्षुहरूमा राजनीतिप्रति बढ्दो रुचि भ्रष्टाचार प्रेरित देखिन्छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि भिक्षु अश्वघोष महास्थविर नेकपा (एमाले) को कोटाबाट राष्ट्रिय सभा सदस्य बने । त्यसयताको नेपाली राजनीतिक परिदृश्यमा भिक्षुहरू विभिन्न राजनीतिक दलको बुईं चढिसकेका छन् । नेतासँगको सम्बन्ध सार्वजनिक गर्न भिक्षुहरू कतिसम्म उत्ताउला बनिसकेका छन् भन्ने कुराको दृष्टान्त हालैको निर्वाचनमा देखियो । नेताको समर्थक वा कार्यकर्ता जस्तो व्यवहार देखाउनु भिक्षुका लागि बिल्कुलै सुहाउने कुरा होइन । बौद्ध आदर्शअनुसार घरबार छाडेर बिहारमा आउनु सांसारिकताबाट टाढा हुनु हो ।