HimalKhabar.com :: A Complete Nepali Political News Portal
टिप्पणी
वसन्त महर्जन
वसन्त महर्जन
अध्ययनअघि नै निष्कर्ष! सुर्खेतको लाटीकोइली डाँडास्थित सम्पदा काँक्रेबिहारलाई जानेर वा नजानेर धार्मिकस्थलहरूलाई कसरी विवादास्पद बनाइन्छन् र सामाजिक जीवनमा समस्याको बीउ रोपिन्छन् भन्ने उदाहरण बनाइएको छ। महायानी बौद्ध सम्प्रदायमा महादेव, गणेश लगायतका देवतालाई बौद्ध चरित्रकै रूपमा लिइएको हुन्छ। यस पाटोलाई नजरअन्दाज गरेर हिन्दू देवताका मूर्ति पाइएको आधारमा मन्दिर भन्न सकिने भनी  प्रचारप्रसारमा लगिदिंदा काँक्रेबिहारमा हिन्दू धर्मावलम्बीहरूको ध्यान आकर्षित भयो। त्यसपछि बौद्ध र हिन्दू दुई धार्मिक समूहबीच विवाद र एकप्रकारको वैमनस्यताले स्थान पाउन थाल्यो । लाटीकोइलीस्थित यस डाँडामा काँक्रेबिहार एउटा मात्र संरचना हुनु तर्कसंगत छैन। तर, पुरातत्व विभागले यहाँ जति देखियो, त्यतिमै चित्त बुझाएर थप अध्ययन आवश्यक ठानेन।
चन्द्रकिशोर
चन्द्रकिशोर
मोर्चालाई सिंहदरबार छिर्ने सकस -चन्द्रकिशोर आन्दोलन लिएर काठमाडौं पुगेका मधेशकेन्द्रित दलहरूलाई वातावरण फेरिए पनि सिंहदरबार पस्न भने सजिलो छैन। अहिलेको नेतृत्वपंक्तिमाथि मधेशको भरोसा छैन। यसको अर्थ ठूला भनिने दलहरू मधेशमा लोकप्रिय छन् भन्ने पनि होइन। प्रमुख राजनीतिक दलहरूप्रति मधेशमा आक्रोश यथावत् छ। यस अर्थमा मधेशमा मध्यमार्गी राजनीति कमजोर हुनु भनेको मूलधारका दलहरूमाथिको प्रहार पनि हो। यो अवस्थामा आन्दोलनरत मधेशी दलहरू र सत्ता गठबन्धनबीच तालमेल मिलोस् भन्ने आशा राख्नु स्वाभाविक हो। बृहत् नेपाली राष्ट्रियताको निर्माण चाहने पक्षहरूले मधेशको माटोमा देखापरेको काठमाडौं प्रेमसँग आफूलाई जोड्नुपर्छ। मधेशी पहिचान खोज्नुको अर्थ आफूलाई नेपाली पहिचानमा समाहित गर्ने प्रयत्नभन्दा अर्को छैन।
शेखर खरेल
शेखर खरेल
विद्यार्थी नेताको विडम्बना -शेखर खरेलयदि विद्यार्थी राजनीतिमा उमेर हद नलाग्ने हो भने शासनसत्ता युवाको हातमा आउनुपर्छ भन्नुको कुनै अर्थ छैन ।  एकातिर नयाँ पुस्ताले मुलुकको शासनको बागडोर लिनुपर्ने माग छ, अर्कातिर नेतृत्वका लागि लालायित विद्यार्थी भने सम्पूर्ण युवावय नै कलेजको सँघारभित्रै कटाइरहेका देखिन्छन् । ऊर्जाशील समय शैक्षिक प्रतिष्ठानमै सिध्याउने विद्यार्थी नेताहरुले कुन उमेरमा राष्ट्रिय राजनीतिको बागडोर सम्हाल्ने हुन् भन्ने प्रश्न गम्भीर छ । अमेरिका र बेलायतमा ४३ वर्षका व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बन्छन् । तर, यहाँ भने विद्यार्थी राजनीतिमै भेटिन्छन् ।
वसन्त महर्जन
वसन्त महर्जन
मायादेवी मन्दिरको रेप्लिका जरुरी -बसन्त महर्जनपुरातात्विक सम्पदाको असरल्ल प्रदर्शनी भएको मायादेवी मन्दिरको रेप्लिका बनाउनु आवश्यक छ। पुरातात्विक महत्वका चित्रकलादेखि ढुंगा–माटोसम्मलाई फोटो खिच्दासमेत फ्ल्यासले असर गर्न सक्छ भनेर निषेध गरिएको हुन्छ, मायादेवी मन्दिरभित्र पनि फोटो खिच्न दिइँदैन। तर, त्यही संरचनामाथि दौडादौड गरिरहेको दृश्यले प्रश्न उठायो– हामी पुरातत्वबारे के बुझेर, के नियम बनाएर लागू गरिरहेका छौं? श्रद्धा र धर्मचित्तले लुम्बिनी पुग्ने बौद्धहरू कुनै तामझाम वा कृत्रिम निर्माण हेर्न लालायित हुँदैनन्। उनीहरू त प्राकृतिक र सहज वातावरणको अपेक्षा राख्छन्। तर, जसै उनीहरू मायादेवी मन्दिर प्रवेश गर्छन्, उत्खनन्पछिको असरल्ल र अर्थ नखुलेका संरचनाहरूको भयावहपूर्ण दृश्य हेर्न बाध्य हुन्छन्।