HimalKhabar.com :: A Complete Nepali Political News Portal
टिप्पणी
शंकर तिवारी
शंकर तिवारी
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर -शंकर तिवारी राष्ट्रिय राजनीतिको गाँठो फुकाउन 'किंकर्तव्यविमूढ' कांग्रेस नेतृत्वले पहलकदमी लिने हो भने देउवालाई स्टेट्सम्यान बन्न कसैले रोक्न सक्तैन। अनुभवका हिसाबले तीन–तीन पटक प्रधानमन्त्री भएका देउवा समकालीन राजनीतिमा सर्वोच्च 'स्टेट्सम्यान' को दर्जामा देखिन्छन्। तर, उनको 'स्टेट्सम्यानसिप' भने पार्टी सभापतिका रूपमा राष्ट्रिय राजनीतिका पछिल्ला समस्या समाधानमा चाल्ने कदममा निहित छन्।  विगतका आधारमा भन्ने हो भने, देउवा निष्ठाभन्दा व्यवहारवादी राजनीतिका पक्षपाती लाग्छन्। तर, यतिबेला उनले निष्ठाको नेता बन्दै शक्तिका प्रति अनासक्त भएर राजनीतिक घटनाक्रम र जनचाहना नियाल्न सक्नुपर्छ।
ज्ञानमणि नेपाल
ज्ञानमणि नेपाल
नेपाललाई अँचेटिराख्ने दाउ (इतिहास) ६ थरी भारदारको अथक् प्रयत्नले नेपालको सीमा ६ दशकसम्म पूर्वमा टिष्टा र पश्चिम सतलज पारिसम्म पुग्यो। यसरी पृथ्वीनारायण जस्ता विजिगीषु (विजयको इच्छा गर्ने) राजा, बहादुर शाह जस्ता षाड्गुण्यपारङ्गत (राजनीतिका ६ वटै गुणमा पारङ्गत) र सुझबुझ भएका नायव र त्यस्तै सुझबुझ भएका ६ थरी भारदारको जमघटबाट नेपाल एकीकरण सम्पन्न भएको हो। सुगौली सन्धिपछि नेपालले ब्रिटिश सरकारले खटाएर दिएका हतियार किनेर ल्याउनुपर्‍यो। चन्द्रशमशेरले चाहिए जति हतियार किनेर लिन पनि मगन्ते जस्तो दयापात्र बन्नु परेको बेखुशी ब्रिटिश विदेश सचिवसँग प्रकट गरेथे। राणाकालकै पनि प्राइमिनिष्टरहरू विदेशीसँग नेपालको अधिकार जताएर बात गर्थे, अहिलेकाहरू त आदेश शिरोपर गर्न अघि सर्छन्।
वसन्त महर्जन
वसन्त महर्जन
थाङ्काको तमासा: रेकर्डको लोभ मात्र -वसन्त महर्जन विश्वको सबभन्दा ठूलो भनिएको थाङ्का, जसलाई भित्तामा झुन्ड्याउन सकिन्न। सार्वजनिक प्रदर्शनीमा राख्दा पनि त्यसलाई चौरमा बिछ्याउनु परेको छ। यो विशाल थाङ्का नियाल्न कि अग्लो ठाउँमा उक्लिनुपर्छ कि त हेलिकप्टरमा सवार हुनुपर्छ। प्रदर्शनीमा आउनेहरू चाहिं 'विश्वकै ठूलो रे' भन्दै सर्सर्ती एकछेउ हेरेर फर्केका थिए। बुझ्न खोज्नेलाई प्रदर्शनस्थलमा बाँडिएको परिचय पुस्तिकामा छापिएको त्यसैको सानो प्रतिलिपिले मात्रै सघायो। यो त 'संसारको सबभन्दा ठूलो सारंगी' भनेजस्तै भयो, जुन बजाउन मिल्दैन। बौद्ध आस्थालाई दुई देशबीचको दौत्य सम्बन्धसँग समेत जोडेर गरिएको मिहिनेतको परिणाम तमासामा सीमित हुनु अपेक्षित कुरा होइन।
टीकाराम राई
टीकाराम राई
इतिहास दोहोरिंदैछ (नेपाल-चीन ब्यापार) -टीकाराम राईभारतका कारण एकाएकजसो पुनर्जागृत हुन पुगेको नेपाल–चीन व्यापार तथा आवागमनमा अवरोध पनि भारतबाटै हुनेछ। गान्सु–सिगात्से र ग्वाञ्झाओ–सिगात्से सीधा ढुवानी रेल सेवाले नेपाल–चीन व्यापारिक विस्तार गर्ने र भारतमाथि नेपालको निर्भरता घटाउने हुनाले यो विकासक्रम नयाँदिल्लीको स्वार्थ प्रतिकूल छ। त्यो अवस्थामा नेपालमा चिनियाँ उपस्थिति जनस्तरमै बढेर आफ्नो नियन्त्रण कमजोर बन्ने हुनाले भारत अब ओली सरकारको पालामा काठमाडौं र बेइजिङबीच भएको पारवहन, यातायात, इन्धन र 'कनेक्टिभिटी' सम्बन्धी सम्झौताहरूलाई तुहाउन लागिपर्नेछ। त्यसको पहिलो प्रहार गल्छी–रसुवागढी सडक स्तरोन्नति परियोजनामा पर्न सक्छ।
पुरञ्जन आचार्य
पुरञ्जन आचार्य
अग्निपरीक्षामा कांग्रेस नेतृत्व - पुरञ्जन आचार्यधेरैको अड्कल विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध उभिए। देउवाको लागि कार्की विरुद्ध उभिनु सामान्य थिएन, तर उनले हिम्मत गरेर 'अब लोकमानलाई बचाउन सकिन्न' भनी कांग्रेस कार्यसमिति र संसदीय दललाई आश्वस्त पारे, युवा नेताहरूलाई हौस्याए।  देउवाले कांग्रेस सभापति र संसदीय दलको नेता भएपछि राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाबारे समीचीन समीक्षा गर्ने समय भइसकेको छैन। देशमा विद्यमान विषम राजनीतिक–सामाजिक परिस्थितिमा उनले लिएको जिम्मेवारी सिंहावलोकन गरेर चुनौतीहरूबारे सतर्क गराउनुपर्ने समय भने यही हो।