HimalKhabar.com :: A Complete Nepali Political News Portal
टिप्पणी
हिमालखबर
हिमालखबर
गोपाल पराजुलीको आत्मघाती गोल -गौरीबहादुर कार्की गलत भर्‍याङ चढेर न्यायालयको नेतृत्वमा पुगेका गोपाल पराजुली अन्ततः गलत क्रियाकलापकै कारण त्यहाँबाट खुर्मुरिन पुगेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीले लोकमानसिंह कार्कीको मुद्दा दोहोर्‍याउने निस्सा जारी गरेपछि लोकमानले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यसको सुनुवाइ ७ महीना ढिलो गरिदिन दबाब दिएका थिए । त्यति हुनसके गोपाल पराजुलीको पालामा आफूले उन्मुक्ति पाउनेमा लोकमान ढुक्क थिए । प्रहरी प्रमुख नियुक्ति प्रकरणमा प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाउन उक्साउने, सघाउनेमा पनि गोपाल पराजुली अग्रस्थानमा थिए । उनी प्रधानन्यायाधीश भएपछि राष्ट्रिय कोषमा ६१ अर्ब रुपैयाँभन्दा बढी नोक्सान पर्ने गरी अन्तरिम आदेशहरू जारी गरेको विषयमा विभिन्न संचारमाध्यमले नेपाली जनतालाई सुसूचित गराएका छन् ।