जब म अमेरिका आएँ...!
म सोच्थेँ, ग्राजुएट-स्कूलका चुनौतीहरू झेल्न म तम्तयार छु। तर, जब म पीएचडी गर्न भनी संयुक्त राज्य अमेरिका आएँ, यस्तो लाग्यो, कसैले मलाई खुशी र सम्पन्न भावमा पौडिरहेको मेरो तलाउबाट फुक्त निकालेर रहस्यमयी, विशाल समुद्रमा झ्वाम्मै खसालिदियो। त्यो समुद्रका हरेक माछा मभन्दा द्रुत गतिमा पौडी खेल्थे, लामो छलाङ मार्थे।