शैक्षिक सत्र शुरू भइसक्यो, ३३ लाख पाठ्यपुस्तक अझै छाप्न बाँकी
शैक्षिक सत्र शुरू भएको तीन साता बित्नै लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो।