रबरको ल्याप्चे, सोझासाझाको बिल्लीबाठ
सीमावर्ती भारतीय बजारमा रबरको औंठाछाप बन्न थालेपछि तराईका जिल्लामा सोझासाझाको उठिबास लाग्न थालेको छ। जिल्ला अदालतहरूमा कीर्ते ठगीका मुद्दाको चाङ लाग्दा पनि सरोकारवाला निकायसँग न अनुसन्धानका लागि पर्याप्त क्षमता छ, न त यसलाई रोक्ने इच्छाशक्ति नै।