यी हुन् रोशी र पनौतीमा विनाश निम्त्याउने क्रसरका मालिक
काभ्रेको रोशी खोला किनारमा अवैध रूपमा र मापदण्ड मिचेर २५ वटा ढुंगा खानी र क्रसर उद्योग सञ्चालन हुँदै आएका थिए। सरकारी प्रतिवेदनले तिनलाई कारबाही या बन्द गर्न सुझाव दिए पनि नेता, जनप्रतिनिधि जस्ता प्रभावशालीहरूले निर्बाध चलाएको उद्योगका कारण गत असोजको बाढीले त्यस क्षेत्रमा अकल्पनीय क्षति पुर्यायो।