जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन
जिल्ला अस्पताल उदयपुरमा ६ महीनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर प्रयोगविहीन भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो।
कामदार कोरिया जाने प्रक्रिया फेरि शुरु हुँदै, भाषा पास गरिसकेकाको अवधि ६ महीना थपिने
कोरोनाभाइरस महामारीका कारण रोकिएको कामदार कोरिया जाने प्रक्रिया फेरि शुरु हुने भएको छ। कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुईवर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महीना थप्ने निर्णय पनि भएको छ।