HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘ब्याक गियर’ मा सवार ज्ञानेन्द्र शाहलाई अन्तिम मौका सशस्त्र संघर्ष र जनआन्दोलनको प्रतापले १६ वर्षअघि नारायणहिटीबाट निकालिएका ज्ञानेन्द्र शाह भारतको उत्तर प्रदेशमा गुन्डाराज चलाइरहेका आरएसएसका प्रचारक आदित्यनाथको आडमा दुर्गा प्रसाईं जस्ता फौजदारी अभियोग लागेका पात्रहरू भेला पारेर अराजकता फैलाउन उद्यत छन्। नागरिकको सीमा नाघेर चकचक गरिरहेका ज्ञानेन्द्रलाई ‘गणतान्त्रिक नेतृत्व’ले २०६५ सालमा उनले दलहरूसँग गरेको वाचा स्मरण गराएर ठेगानमा ल्याउन ढिलो भइसक्यो।