HimalKhabar.com :: A Complete Nepali Political News Portal
ललिता निवासबारे सर्वोच्चको आदेशको अर्थ के हो? सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लग्ने कीर्ते तथा संगठित अपराधको कसूरमा मन्त्रिपरिषद्को प्रमुख निर्णयकर्तातर्फ समेत अनुसन्धान सोझ्याउन आदेश दिएको छ।
सरकारकै पूर्व सल्लाहकारहरू सरकारवादी मुद्दाका अभियुक्तको पक्षमा सरकारी वकील तथा कर्मचारीको आचारसंहिता, २०७५ मा आफूले सम्पादन गर्नुपर्ने कुनै कार्यको सम्बन्धमा व्यक्तिगत स्वार्थ गाँसिएको भएमा वा त्यस्तो विषयमा कुनै कारोबारको सिलसिलामा निजसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएमा त्यस्तो विषयको निर्णय वा प्रतिरक्षामा भाग लिन नहुने व्यवस्था छ।