HimalKhabar.com :: A Complete Nepali Political News Portal
बजेट: महत्वाकांक्षाको भार स्थानीय तहमा बजेट वितरणलाई सुखद मान्न सकिए पनि त्यसबाहेकका महत्वाकांक्षी लक्ष्य र योजनाहरूले बजेट फेरि पनि काल्पनिक दस्तावेज बन्ने पक्का छ ।
अति भो मेडिकल कलेजको बदमाशी
अति भो मेडिकल कलेजको बदमाशी मेडिकल कलेजहरूले गरिरहेको अदालत, काउन्सिल, सरकार सबैको अवज्ञाले देखाउँछ, नेपालको मेडिकल शिक्षामा जारी अराजकताले हद नाघ्न थालेको छ। कलेजहरूको अराजकता यो वर्षको एमबीबीएस भर्ना प्रक्रियामा पनि प्रष्ट देखियो। मेडिकल शिक्षालाई व्यवस्थित बनाउन सरकारले तोकेको भर्नामा योग्यताक्रम, शुल्क र सीट संख्याको मापदण्ड कलेजहरुले नै तोडेका छन्। आईओएमको योग्यता क्रममा २४ पुसमा ३२९९ नम्बरमा नाम निकालेर भर्नाका लागि २५ पुसको १० बजे पोखराको गण्डकी मेडिकल कलेज पुगेका गौतमलाई 'सीट प्याक' भएको भन्दै फिर्ता पठाइयो। उनीभन्दा कम मेरिट (३३४५ नम्बर)का रजनिस यादव भने त्यही दिन दुईबजे गण्डकीमा भर्ना भए।
भिटामिनको आवरणमा एन्टिबायोटिक
भिटामिनको आवरणमा एन्टिबायोटिक कुखुराको तौल बढाउन भिटामिनको नाममा प्रयोग भइरहेको अवैध एन्टिबायोटिक मानव स्वास्थ्यका लागि घातक बनिरहेको छ।  साइरोक्सिन जस्तो कडा खालको एन्टिबायोटिक खाएको कुखुराको मासुले मानिसमा एन्टिबायोटिक रेसिस्टेन्स क्षमता घटाइरहेको हुन्छ।तौल बढाउने भन्दै जतिबेला पनि खुवाइने यस्ता एन्टिवायोटिकले मासु खानेको जीवन जोखिममा पारिरहेको छ । पिसाब संक्रमण गराउने इकोलाई कीटाणु मार्न प्रयोग गरिने एमोक्सिसिलिन, स्याफिक्जिन जस्ता एन्टिबायोटिकले अचेल काम गर्न छाडिसकेका छन्। स्वास्थ्य मन्त्रालयको हालैको एक अध्ययनमा टाईफोईड उपचारमा सिप्रोफ्लोक्सासिन एन्टिबायोटिकले काम गर्न छाडेको छ।
परदेशमा नेपाली पढाइ जापानका नेपालीकै सिको गर्न सके संसारभर छरिएका लाखौं प्रवासी बालबालिकाले स्वदेशी भाषा र संस्कार सिक्न सक्छन्।
भन्सार छूटमा कालोबजारी
भन्सार छूटमा कालोबजारी सरकारबाट भन्सार छूटको सुविधा पाएका सामग्री व्यापारिक प्रयोजनमा खुलेआम दुरुपयोग भइरहेको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणका लागि भन्दै २०७१ सालमा ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनले तीन ट्रक राशी ब्राण्डको भारतीय सिमेन्ट भित्र्यायो। तर, भन्सार छूटमा आयात गरिएको सिमेन्टलाई सिनोले रसुवास्थित साञ्जेन जलविद्युत् आयोजनालाई बिक्री गर्‍यो। भूकम्प पीडितका लागि भनि  स्थानीय विकास मन्त्रालयले ल्याएको १ लाख २२ हजार ३३१, शहरी विकास मन्त्रालयले ल्याएको १ लाख २८ हजार ७०३ र अन्य विभिन्न १५ निकायको ९ लाख ४३६ थान टेन्ट/पाल  बाटैबाट हराए । जीवनजल, सुई, स्लाइनलगायतका औषधि बनाउन आवश्यक कच्चा पदार्थ हो, 'डेक्स्ट्रोज्'। औषधि व्यवस्था विभागले डेक्स्ट्रोज् आयात गर्दा भन्सार छूटको व्यवस्था गरेको छ। तर आर्या फर्मास्युटिकल र एसआर ड्रग्स्ले भन्सार छूटमा आयातीत डेक्स्ट्रोज् डेरी उद्योगलाई बेचेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको अनुसन्धानबाट खुलेको छ।