HimalKhabar.com :: A Complete Nepali Political News Portal
कैलालीमा खाद्य व्यवस्था कम्पनीले बल्ल किन्न थाल्यो किसानको धान सरकारले यस वर्ष मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल रु.२७३५ तोकेको थियो। तर, सरकारले धान खरीदमा ढिलाइ गरेपछि स्थानीय किसानले व्यापारीलाई प्रतिक्विन्टल १९५० देखि २१०० सम्मै बिक्री गर्दै आएका छन्।
भोको पेटलाई रोकेन कोरोना–त्रासले, काम खोज्दै फेरि भारत जान थाले युवा नेपालमा बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्रियाकलाप सुस्ताउँदा रोजगारी पाउने छेकछन्द नदेखेपछि युवाहरू फेरि भारत जाने क्रम शुरू भएको छ। दिल्ली जान गौरीफन्टा नाका पुगेका बाजुराका १८ वर्षीय राजेश थापाले भने, “नेपालमा रोजगारी नै पाइएन, पेट भोको भएपछि कोरोनाको के डर?”