संसारलाई ‘नेपाली वीरता’ चिनाउने ती मगरहरू
नेपाल निर्माणमा उत्तिकै योगदान गरेको मगर जातिको शौर्य र वीरताबारे उल्लेख गर्नमा इतिहासविद्हरूले छाती चौडा पार्न सकेका छैनन् । जबकि, यही जातिले ‘नेपाली वीरता’ लाई विश्वमा परिचित गराएको मात्र होइन, बारम्बार पुष्टि समेत गर्दै आएको छ ।
‘ब्रुनाई विद्रोह’ का एक नायक
सन् १९९७ ब्रुनाईस्थित जीआरयूमा विद्रोह गर्ने ११ भूतपूर्व गोर्खा सैनिकमध्येका एक थिए– गजेन्द्र इस्वो। उनै इस्वोहरूको संघर्षकै कारण आज धेरै बेलायती गोर्खा सैनिकले समान सेवासुविधा, बेलायतमै बसोबासको अवसर जस्ता केही ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।