HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहिले राजा भएका थिए महीपति सेन? महीपतिले ताप्लेजुङको चाँगे क्षेत्रका लिम्बू राजा सूचीका नाममा वि.सं. १७५४ साउनमा जारी गरेको मोहरले उनी बाबुराम आचार्य सहितका ऐतिहासिकहरूले लेखेको भन्दा दश वर्षअघि नै विजयपुरको राजा भएको प्रमाणित हुन्छ।
माझकिरात मास्न के गरेनन् गोरखालीले? गोरखालीहरूले आफ्नो पक्षमा नआउने माझकिरातका खम्बू-किरातहरूलाई मार्ने‚ गर्भवतीको गर्भ तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको हड्सन पाण्डुलिपिमा उल्लेख छ।