मायादेवी मन्दिरको रेप्लिका जरुरी
-बसन्त महर्जनपुरातात्विक सम्पदाको असरल्ल प्रदर्शनी भएको मायादेवी मन्दिरको रेप्लिका बनाउनु आवश्यक छ।
पुरातात्विक महत्वका चित्रकलादेखि ढुंगा–माटोसम्मलाई फोटो खिच्दासमेत फ्ल्यासले असर गर्न सक्छ भनेर निषेध गरिएको हुन्छ, मायादेवी मन्दिरभित्र पनि फोटो खिच्न दिइँदैन। तर, त्यही संरचनामाथि दौडादौड गरिरहेको दृश्यले प्रश्न उठायो– हामी पुरातत्वबारे के बुझेर, के नियम बनाएर लागू गरिरहेका छौं?
श्रद्धा र धर्मचित्तले लुम्बिनी पुग्ने बौद्धहरू कुनै तामझाम वा कृत्रिम निर्माण हेर्न लालायित हुँदैनन्। उनीहरू त प्राकृतिक र सहज वातावरणको अपेक्षा राख्छन्। तर, जसै उनीहरू मायादेवी मन्दिर प्रवेश गर्छन्, उत्खनन्पछिको असरल्ल र अर्थ नखुलेका संरचनाहरूको भयावहपूर्ण दृश्य हेर्न बाध्य हुन्छन्।