HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
निगमको हङकङ उडान सोमबारबाट, ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य नेपाल वायुसेवा निगमको हङहङ उडान पुनः सोमबारदेखि शुरू हुने भएको छ। चौंथो पटकसम्म उडान शुरू गरेर यात्रुमा कोभिड पोजिटिभ देखिएपछि उडानमा प्रतिबन्ध लागेको थियो। हङकङ जाने यात्रुले अब ४८ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था निगमले गरेको छ।
निजी प्रयोगशालाको कोरोना रिपोर्टको छानबिन हुने, सरकारीलाई मात्रै मान्यता दिन निगमको आग्रह विदेशमा हुने उडानमा यात्रा गर्ने यात्रुहरूको पीसीआर रिपोर्ट नेपालमा नेगेटिभ आउने र विदेश पुग्नेबित्तिकै परीक्षण गर्दा भने पोजिटिभ आएको विषयमा आवश्यक छानबिन गरी कारबाही हुने भएको छ।