शेयर बजारमा नयाँ रेकर्ड, नेप्से ८८ दशमलव १२ अंकले बढ्यो
आइतबार शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ।
शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, एकै दिनमा सवा नौ अर्ब रूपैयाँको कारोबार
शेयर बजारमा आज फेरि अर्को नयाँ रेकर्ड कायम भएको छ। शेयर बजारमा आइतबार अहिलेसम्मकै धेरै रू. ९ अर्ब २२ करोड ७३ लाख बराबरको कारोबार भएको छ। गत बिहीबार पनि नेप्सेमा रू. ७ अर्ब ६१ करोडको कारोबार भएको थियो।