गत माघ–चैतको आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा सीमित
बन्दाबन्दी शुरु भएको पहिलो महिनामैं देशको अर्थव्यवस्थामा गहिरो संक्रमण शुरु भइसकेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिक (माघ–चैतमसान्त) मा देशको आर्थिक वृद्धिदर अघिल्लो वर्षको यही अवधिका तुलनामा ०.८ प्रतिशतले मात्रै बढेको आँकडा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ।
सरकारी कार्यालयद्वारा मनोरञ्जन र चियापानमा रु. १ अर्ब ५८ करोड खर्च
सरकारले अनुत्पादक खर्चमा लगाउन नसकेको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा सरकारले मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत शीर्षकमा रु.१ अर्ब ५७ करोड ९७ लाख खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।