HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश कोभिड-१९ को महामारीमा प्रयोग गर्ने स्वास्थ्य सामग्री खरीद गरी ल्याउने क्रममा अनियमिततामा मुछिएको ओम्नी समूहलाई तत्काल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। 
मल नल्याउने शैलुङको ब्यांक ग्यारेण्टी तत्काल जफत नगर्न र कालो सूचीमा नराख्न उच्च अदालतको आदेश पाटन उच्च अदालतले सम्झौताबमोजिम मल नल्याउने शैलुङ इन्टरप्राइजेज कम्पनीको ब्यांक ग्यारेणटी तत्काल जफत नगर्न आदेश दिएको छ। साथै उक्त कम्पनीलाई कालो सूचीमा तत्काल नराख्नसमेत आदेश गरेको छ। पाटन उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले आज त्यस्तो आदेश गरेको हो।