HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सर्वोच्चमा वामदेवविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको मुद्दामा बुधबार सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा १६ असोजमा सुनुवाइ भएयता यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।
रूकुम घटनाका ६ जना अभियुक्तलाई थुनामा राख्ने कि छाड्ने ? उच्च अदालतका न्यायाधीशकै राय बाझियो रूकुम पश्चिमको चौरजहारी-८ सोतीमा नवराज बिकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्नताको अभियोग लागेकामध्ये ६ जनालाई तारेखमा छाड्ने कि थुनामा पठाउने भन्नेबारे उच्च अदालत सुर्खेतका दुई जना न्यायाधीशको राय बाझिएको छ।