कला/साहित्यआइतवार, मंसिर १६, २०७५

भारती खरेल स्मृति पुरस्कार रमा शर्मालाई

हिमालखबर

यस वर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ। साहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ५१ हजार छ।

साहित्यसाधिका तथा भक्तिमती भारती खरेलको ८१औं जन्मजयन्ती तथा उनको स्मृतिमा आयोजित कार्यक्रममा प्रदेश-३ की प्रमुख अनुराधा कोइरालाले प्रमाणपत्रसहित शर्मालाई पुरस्कार प्रदान गरिन्। शर्माले भारती खरेल प्रतिष्ठानमा शुरुआतदेखि नै सदस्यका रूपमा रही योगदान दिँदै आएकी छन्। रासस

प्रतिकृया दिनुहोस