नेपाल टेलिकमको मोबाइलमा समस्या
नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या आएपछि १६ मंसीर बिहानैदेखि उपभोक्ताले समस्या व्यहोरिरहेका छन्।
टेलिकमको ब्यापार महाशाखाका अनुसार काठमाडौं उपत्यकाभर यस्तो प्राविधिक समस्या देखिएको हो। टेलिकम प्रणालीमै समस्या देखिएको र त्यसको मर्मत भइरहेको महाशाखाले जनाएको छ।
मोबाइलमा कुरा गर्दा नबुझिने र फोन नै नलाग्ने समस्या बिहानैदेखि उपभोक्ताले व्यहोरिरहेका छन्।