अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुसको निधन
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुसको ९४ वर्षको उमेरमा निधन भएको छ।
बुसका छोरा तथा पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले आफ्ना बाबुको निधन भएको सार्वजनिक जानकारी दिएका हुन्।
स्वर्गीय बुस २० जनवरी १९८९ देखि २० जनवरी १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति थिए। म्यासाचुसेट्सको मिल्टनमा १२ जुन १९२४ मा जन्मिएका बुसकी पत्नी बारबाराको गत अप्रिलमा निधन भएको थियो।
स्वर्गीय बुसका ६ सन्तानमध्ये जेठा जर्ज डब्लु बुस अमेरिकाको ४३औं राष्ट्रपति बनेका थिए।
‘भास्कुलर पार्किन्सोनिजम’को समस्याबाट पीडित बुस सन् २०१२ यता थलिएका थिए। त्यसयता उनलाई मोटराइज्ड स्कुटर या व्हिलचेयरको सहायताबाट हिंडडुल गराउने गरिएको थियो।