कला/साहित्यशुक्रवार, मंसिर १४, २०७५

१६ औं किम्फ २१ मंसीरदेखि (प्रदर्शनको सूचीसहित)

हिमालखबर

१६ औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २१ मंसीरदेखि शुरु हुँदैछ।

हिमाल एशोसिएसनले हरेक वर्ष आयोजना गर्दै आएको किम्फमा ३१ मुलुकका ७२ वटा फिल्म देखाइनेछ।

पाँच दिनसम्म चल्ने फेस्टिभलको पहिलो दिन राष्ट्रिय सभागृहमा अस्ट्रेलियाका जेनिफर पिडोमको ‘माउन्टेन’, नेपाल र अमेरिकामा खिचिएको जोय सस्लेरको ‘आरजे रिपर’, नेपालकी प्रसुना डंगोलको ‘डोल्पा डायरी’, अमेरिकाका फ्रान्सेस्का वेल्कर्ट र टेलेर किलियनको ‘मोक्ष’, नेपालका जीवन राईको ‘स्मल कार्निभरस इन इस्टर्न नेपाल’, नेपालकै केसाङ छेतेनको ‘दी रियालिस्ट’ प्रदर्शन हुनेछन्।

सोही दिन किर्गिस्तानका काल्भिरा अक्चालोभाको ‘अ रोड’, नेपालका सुनिल पाण्डेको ‘अनन्त यात्रा’ (दी इटर्नल जर्नी), इन्डोनेसियाका रेभिन पालुङको ‘केर्तास मेराह’ र नेपालका परिच्छेद सेनको ‘मा-मदर’ प्रदर्शन हुनेछन्।

यसैगरी, नेपाल पर्यटन बोर्डमा भारतका मुनमुन धलारियाको ‘एन अन्सर्टेन विन्टर्स’, स्लोभाकियाका पाभोल बराबासको ‘एडिक्टेड टु एट्टिच्युड’, अमेरिकाका पिटर मोर्टिमर, म्याट्टी हङ र निक रोजेनको ‘ब्रेक अन थ्रु’ र बेल्जियमका ‘स्लेब भान्ही’, साएन भिल्लीयानुभा ओ’ड्रिस्कोल र निकोलास फाव्रेसको ‘नोट्स फ्रम दी वाल’ पनि सोही दिन प्रदर्शन हुनेछन्।

२२ मंसीरमा राष्ट्रिय सभागृहमा नेपालका महेश्वर सम्बाहाम्फेको ‘नाम्लो’, नेपालका रोशनबिक्रम ठकुरीको ‘सिल्भर बांगेल्स’, नेपालका मनिष निरौलाको ‘अबाउट अ गर्ल’, नेपाल र ताइवानमा छायांकन गरिएको सेनाङ ग्याम्जो तामाङको ‘सुपरमंक’, नेपाल र दक्षिण अफ्रिकामा छायांकन गरिएको प्रविन स्याङ्वोको ‘कथा ७२’ (दी स्टोरी अफ ’७२) र अमेरिकाका डेभ ओ’लेस्कको ‘डर्टबाग- दी लिजेन्ड अफ फ्रेड बेकी’ प्रदर्शन हुनेछन्।

सोही दिन नेपालका भवसागर घिमिरेको ‘तिर्खा’ र भुटानमा छायांकन गरिएको अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘दी नेक्स्ट गार्जियन’ पनि प्रदर्शन हुनेछन्।

यस्तै, नेपाल पर्यटन बोर्डमा भारतका हिमांशु बिलोचीको ‘दी स्कुलिङ पेन्स अफ चोजोम एन्ड पाल्मो’, नेपालका विजय ताम्राकारको ‘मी भर्सेस माइन’, पोल्यान्डका मासिएक जाब्लोक्स्कीको ‘किलिथोन- दी वल्र्डस् हाइएस्ट म्याराथन’, फिन्ल्यान्डका निक्लास कुल्सट्रम र मार्टी कार्टिनेनको ‘इस्टर्न मेमोरिज’ प्रदर्शन हुनेछन्।

सोही दिन ‘ब्रेकिङ ब्यारियर्स- पर्सपेक्टिभ्स अन विमिन एन्ड एडभेन्चर’ प्रदर्शन हुनेछ। पर्यटन बोर्डमै फ्रान्स र अस्ट्रियामा छायांकन गरिएको एन- फ्लोर माक्र्सरको ‘अ ल्यान्ड सेप्ड बाइ विमिन’, इटालीका गुलिओ भेनियरको ‘फ्लाइड एट्टिच्युड’, क्यानाडाकी अन्जली नेयरको ‘इस्केप’, स्विजरल्यान्डका पिएरे मोराथको ‘रुस्सी- कालोम्बिन- ‘अ डुएल एट दी टप’ प्रदर्शन गरिनेछ।

तेस्रो दिन २३ मंसीरमा चीनका केल्साङ निमा र ये जुवाको ‘प्योर ल्यान्ड इन मोर्टल वल्र्ड’, नेपालका धनराज बर्कोटेको ‘दी स्टेन्ड फ्ल्याग’, अफगानिस्तानका सहारा मणिको ‘दी थाउजेन्ड गल्र्स लाइक मी’, नेपालमा छायांकन गरिएको रेनान आज्टुर्कको ‘मदर्ड बाइ माउन्टेन्स’ प्रदर्शन हुनेछन्।

सोही दिन भारतकी सोनिया नेप्रमको ‘ब्लडी फनेक’, नेपाल र अमेरिकामा छायांकन गरिएको मिरान्डा मोर्टनको ‘रुबिना बाइ नाइट’, नेपालकी सहारा शर्माको ‘रासलीला’ (डान्स अफ डिभाइन लभ) तथा जर्मनी र पाकिस्तानमा छायांकन गरिएको डेनियल असादी फाएजीको ‘दी एब्सेन्स अफ एप्रिकोट्स’ पनि प्रदर्शन हुनेछन्।

नेपाल पर्यटन बोर्डमा फ्रि इन्ट्रीमा परेको ‘ब्रेकिङ कोड रेड- अ कन्भर्सेसन अन मिन्ट्रुएसन एन्ड हाउ टु सी’ प्रदर्शन हुनेछ। पर्यटन बोर्डमै इटालीका डेभिड रिभाको ‘सोलो अफ रोप्ड पार्टी- एक्स्प्लोरिङ कासारोट्टो’, स्पेन र मंगोलियामा खिचिएको डेभिड गोमेज रोलानको ‘शमन’, बेलायतका फिन्ले प्रेटसेलको ‘टाइम ट्रायल’ प्रदर्शन हुनेछन्।

चौथो दिन २४ मंसीरमा अमेरिकाकी सारा लिजेनबर्गरको ‘अन्डिस्कोभर्ड’, इरानका इस्माइल अब्बासीको ‘टियर्स अफ रेन’, पोल्यान्डकी जोआन्ना पोलाकको ‘वेल्नियाकी’ (उल वल्र्ड), स्पेनका नासी लोपेज फेब्रेगासको ‘भायाक्रुसिक्स’ र ताइवानका रेडिक सुको ‘सबवे कोमुट’ प्रदर्शन हुनेछन्।

सोही दिन नेपालका असिन पौडेलको ‘दी ग्रेट मुखिया’, नेपाल र म्यानमारमा छायांकन गरिएको अविनाशबिक्रम शाहको ‘तात्तिनी’, भारतका नदभ हरेलको ‘चिद्रा’, नेपालका प्रदीप पोखरेल र सोनाम लामाको ‘पोस्ट अर्थक्वेक’ (रिबिल्डिङ इन दी हिमालय), बेलायतकी लाउरा बेलिंकीको ‘सियरा डेल भोलो’ (वन्ली बाइ एयर), थाइल्यान्डका पेन- एक रातानारुआरुआङ र पासाकोर्नको ‘गत्लाङ- ह्यापिनेस, हार्डसिप एन्ड अदर स्टोरिज’ तथा नेपालकी आस्मा पोखरेलको ‘फोर आवर्स’ प्रदर्शन हुनेछन्।

नेपाल पर्यटन बोर्डमा इरानको ‘ट्विलाइट’, बेलायतमा छायांकन गरिएको दिनेश थापाको ‘वान म्यान, वान प्यासन, वान भिजन,’ बेल्जियमको ‘दी नहान्नी ह्विस्परर’, अस्ट्रियाको ‘डाई हार्ड’, अमेरिकाको ‘टिबेटन इलुजन डेस्ट्रोयर थ्री डी÷टु डी’, नेपालमा छायांकन गरिएको गीतान लामारेको ‘इन दी स्याडोज अफ एभरेस्ट’ प्रदर्शन हुनेछन्।

पर्यटन बोर्डमै ‘किम्फ डीओसी ल्याब लाइभ पिच २०१८’ र बेलायतको ‘फाइनल एसेन्ट’ प्रदर्शन हुनेछन्।

पाँचौं दिन २५ मंसीरमा विश्व वन्यजन्तु कोष नेपालको ‘माउन्टेन्स म्याटर- अ कल फ्रम दी हिमालयाज्- क्लाइम्बर्स एन्ड कन्जर्भेसनिस्ट्स सेयर देयर इन्स्पायरिङ स्टोरिज्’ प्रदर्शन हुनेछ। सोही दिन ‘ट्राभल इज एन एट्टिच्युड सर्ट कम्पिटिसन’ हुनेछ।

यस्तै, नेपालका मिलन पौडेलको ‘करी’, नेपालकै विद्या चापागाईं र कमल कुमारीको ‘मरिसकेको मान्छे’ (दी म्यान हु डाइड वान्स) पनि सोही दिन प्रदर्शन हुनेछन्। संयुक्त अरब इमिरेट्सका डिना ख्रेइनोको ‘किम्फ २०१८ अवार्ड्स स्पेसल स्क्रिनिङ- फाइन लाइन्स’ सञ्चालन गरिनेछ।

नेपाल पर्यटन बोर्डमा किर्गिस्तानको ‘हेरिटेज’, दक्षिण अफ्रिका र लेसेथोमा छायांकन गरिएको ‘आई एम सेरिफ’, जर्मनी, इटाली र नेपालमा खिचिएको ‘दी एट्टिच्युड अफ ग्राटिच्युड’, स्पेनको ‘वर्ड्स अफ कारामेल’, मोल्दोभो र रुसमा खिचिएको ‘मिलार्ड’ (बिलियन) र बेलायतको ‘दी फ्रोजन रोड’ प्रदर्शन हुनेछन्।

हेर्नूस् सूची

 

प्रतिकृया दिनुहोस