थप समाचारशुक्रवार, मंसिर १४, २०७५

आङसाङ सुकीले भनिन्- काठमाडौं परिवर्तन भएछ

हिमालखबर

नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सुकीले विगतको तुलनामा काठमाडौं धेरै फेरिएको बताएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेतृ सुकीले आफू बसेको समयभन्दा काठमाडौंमा धेरै परिवर्तन पाएको अनुभव सुनाइन्। उनी पति माइकल एरिस अनुसन्धान गर्न आएका बखत सन् १९७३ मा नेपालमा बसेकी थिइन्।

नेपालकी अनगारिका धम्मावती गुरुमा सुकीकी बौद्ध गुरुआमा हुन्। भेटमा प्रधानमन्त्री ओलीले नेपालको कक्षा-९ को सामाजिक विषयमा नेतृ सुकीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तक उपलब्ध गराएका थिए। रासस

प्रतिकृया दिनुहोस