रिपोर्टशुक्रवार, मंसिर १४, २०७५

जाली राहदानीवाहक ५ पाकिस्तानीलाई नेपाल छाड्न आदेश

हिमालखबर

अध्यागमन विभागले जाली राहदानी बोकेको अभियोगमा कैद सजाय भुक्तान गरेका १ महिलासहित ५ पाकिस्तानी नागरिकलाई नेपाल छाड्न आदेश दिएको छ।

साढे ५ महिनाअघि पाकिस्तानबाट जाली राहदानी लिएर काठमाडौं उत्रिएका घोरी नुजाहाद, इलाही फिजा, इलाही जाक, इराम साहजदा र सोहाई मोहम्मदलाई नेपाल छाड्न आदेश दिइएको हो। विभागका अनुसार उनीहरूलाई ५ वर्ष नेपाल भित्रिन नपाउने गरी ‘डिपोर्ट’ गर्ने तयारी भइरहेको छ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतले जनही ४ महीना कैद र ४० हजारका दरले जरिवानाको फैसला सुनाएको थियो। कैद र जरिवाना भुक्तान गरी ४ मंसीरमा जेलबाट छुटेका थिए।

विभागले जेलबाट छुट्नासाथ नियन्त्रमा लिई ‘डिपोर्ट’को प्रकृया अगाडि बढाएको छ। हाल अध्यागमन विभागको हिरासतमा रहेका उनीहरू केही दिनभित्रै पाकिस्तान डिपोर्ट हुने विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस