घोराहीमा व्यवसायीको हत्या
दाङको घोराही उपमहानगरपालिका-१३ सेवा खोला पुलनजिक १३ मंसीर राति एक व्यवसायीको हत्या भएको छ।
घोराही-१४ माथिल्लो बसपार्कनजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको हो।
प्रहरीका अनुसार १३ मंसीर राति करीब ८ बजेतिर पुन बेवारिसे अवस्थामा फेला परेका थिए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
हत्यामा संलग्न भएको आशंकामा राति नै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको छ। उनको परिचय प्रहरीले खुलाएको छैन। मृतक पुनको टाउको र छातीमा ठूलो चोट लागेको छ। रासस