खेलकुदशुक्रवार, मंसिर १४, २०७५

चेल्सी एक खेलअगावै युरोपा लिगको अर्को चरणमा

हिमालखबर

इङलिस प्रिमियर लिग क्लब चेल्सी समूह चरणको एक खेल बाँकी छँदै समूह विजेताका रूपमा युरोपा लिगको अर्को चरण प्रवेश गरेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा ग्रिक फूटबल क्लब पाओकलाई ४-० ले पराजित गर्दै चेल्सी अर्को चरणमा पुगेको हो। उसको जितमा ओलिभियर जिरुडले २ तथा हडसन अडोइ र अल्भारो मोराटाले १-१ गोल गरे।

युरोपा लिगको समूह एलमा रहेको चेल्सीको पाँच खेल सकिँदा १५ अंक छ भने समान खेलबाट बेलारुसको बाटेको ६, हंगेरियन क्लब भिडीको ६ र पाओकको ३ अंक छ।

यस्तै, जर्मन क्लब एइन्ट्राक्ट फ्रयांकफर्ट, क्रोएसियाको डाइनामो जाग्रेब, रुसी क्लब जेनिट र अष्ट्रियाली क्लब रेड बुल पनि दोस्रो चरण पुगेका छन्। प्रिमियर लिगमा लन्डन प्रतिद्वन्द्वी टोटनहम हटस्परसँग पराजित भएपछि दबाबमा परेका प्रशिक्षक माउरिजियो सार्रीलाई यो नतीजाले राहत दिएको छ। उनले युरोपियन फूटबलको यो खेलमा प्रिमियर लिगमा नियमित खेल्दै आएका अधिकांश खेलाडीलाई आराम दिएर नयाँ टिम उतारेका थिए।

प्रतिकृया दिनुहोस