भारतले एकै दिन पठायो ३१ स्याटेलाइट
भारतको अन्तरिक्ष एजेन्सी इसरोले एकैदिन ३१ वटा स्याटेलाइट प्रक्षेपण गरेको छ।
पोलर स्याटेलाइट लन्च भेहिकल (पीएसएलभी)ले आफ्नो ४५ औं उडान पीएसएलभी-सी४३ मा एचवाईएसआईएस र अन्य ३० वटा स्याटेलाइट प्रक्षेपण गरेको हो। आन्ध्र प्रदेशको सतीश धवन स्पेस स्टेसनबाट उक्त प्रक्षेपण गरिएको हो।
हाइपर स्पेक्ट्रल इमेजिङ स्याटेलाइट (एचवाईएसआईएस) भारतको आफ्नै अब्जर्भेसन स्याटेलाइट हो। यसले कृषि, वन, तटीय इलाका, नदी, ताल, माटो तथा पर्यावरणसँग जोडिएका विषयका तस्वीर पृथ्वीको कक्षबाट खिच्नेछ।
एचवाईएसआईएस ३८० किलोको छ, जसले सन् २०२३ सम्म काम गर्नेछ। बिहीवार प्रक्षेपित सबै स्याटेलाइटहरूलाई अन्तरिक्ष यानले आ-आफ्ना कक्षमा स्थापित गराउनेछ। एजेन्सी