हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
जितसँगै हिमालयन शेर्पा १० अंकका साथ तेस्रो स्थानमा उक्लेको छ ।
लिगमा १२ अंक जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ । समान अंकका साथ त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ ।
हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे । खेलको २१औँ मिनेटमा हिमालयन शेर्पाका आशिषले हेडमार्फत गोल गर्दै पहिलो अग्रता लिए ।
त्यस्तै, खेलको ८९औँ मिनेटमा हिमालयन शेर्पाका कर्णले एक गोल थपे । रासस