दैलेख जीप दुर्घटनाः थप तीन जनाको मृत्यु
आज बिहान दैलेखमा भएको जीप दुर्घटनाका घाइतेमध्ये थप तीनजनाको मृत्यु भएको छ ।
सुर्खेतबाट दैलेखको ठाँटीकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा परी जीप चालक रमेश शाही, राजेन्द्रबहादुर शाही, रत्ना शाही, दिलिप शाही, निर्मल बम र रत्ना शाहीको मृत्यु भएको छ ।
अन्य घाइतेहरुको सुर्खेतमा उपचार भइरहेको छ । जीप सडकभन्दा करीब दुईसय मिटर तल खसेको छ ।