समूह विजेता हुँदै नेपाल सोलिडारिटी कपको सेमिफाइनलमा (भिडियो)
नेपाल समूह विजेता हुँदै मलेसियामा जारी एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा पुगेको छ । २३ कात्तिकमा भएको समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई नेपालले ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
टीम नेपालका लागि नवयुग श्रेष्ठले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए । भरत खवासले ७२ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारे भने विमल घर्ती मगरले ८० औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे।
समूह ‘ए’ विजेता नेपालले चार र उपविजेता ब्रुनाईले तीन अंक जोड्यो । नेपालिले २० कात्तिकमा टिमोर लिस्टेसँग गोल रहित बराबरी खेलेको थियो।