च्याउ खाएर बालिकाको मृत्यु, परिवारै बिरामी
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-८ सुर्केकाप्तिमा जंगली च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ।
स्थानीय ग्यालु शेर्पाले १० मंसिरमा च्याउ पोलेर परिवारलाई नै खुवाएपछि उनी, पत्नी र ३ नाबालक सन्तान बिरामी परेका थिए। शेर्पाकी छोरी निमायाङजी (४) को मृत्यु भएको प्रहरीले जनाएको छ।
ग्यालु, उनकी श्रीमती लकी, छोरा पासाङ (७) र भतिजी पोसी (७) को स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।