प्रदेश-२ मा करारमा कर्मचारी भर्ना गर्ने बाटो खुला
प्रदेश-२ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक १० मंसिरमा बहुमतले पारित भएको छ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको विधेयकमाथि नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएका थिए। सभामुख सरोजकुमार यादवले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले पारित भएको थियो।
विधेयकको पक्षमा सत्तारुढ संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेस थिए। विपक्षमा नेकपाका प्रदेशसभा सदस्य थिए। विधेयक पारित भएसँगै प्रदेश सरकारलाई करारमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।