"कांग्रेसमा वैचारिक विचलन आयो"
कांग्रेस नेता तथा बीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले पार्टीमा वैचारिक विचलन आएको बताएका छन्।
बैतडी सदरमुकाममा १० मंसिरमा आयोजित पत्रकार सम्मेलनमा चन्दले बीपीको सिद्धान्तलाई भुलेर कांग्रेस अगाडि बढ्न नसक्ने बताए। समाजमार्फत बीपीको विचारलाई जनजनमा पुर्याइने उनको भनाइ थियो।
“मुद्दाका आधारमा राजनीतिक दलमा गुट हुनुपर्नेमा व्यक्तिपिच्छेका गुटले कांग्रेसलाई कमजोर बनाएको छ, व्यक्तिगत गुटमा लाग्ने व्यक्ति कांग्रेस हुनै सक्दैन,” उनले भने। रासस