खेलकुदसोमवार, मंसिर १०, २०७५

पाकिस्तानसामु न्यूजिल्याण्ड धराशायी, यासिरले लिए ८ विकेट

हिमालखबर

दुबईमा जारी पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा न्यूजिल्याण्डको ब्याटिङ धराशायी भएको छ ।

टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले ५ विकेटको नोक्सानीमा ४१८ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि व्याटिङ गरेको न्यूजिल्याण्डले राम्रो शुरुवात गर्‍यो ।

ओपनरद्धय जित राबल र टम लाथमले पहिलो विकेटका निम्ति ५० रनको साझेदारी गरे । तर, ५० रनमा पहिलो विकेटका रुपमा राबललाई गुमाएको न्यूजिल्याण्डको ब्याटिङ त्यसपछि धराशाही भयो । राबलले सर्वाधिक ३१ रन बनाए ।

उनीपछि आउट भएका लाथमले २२ रन जोडे । कप्तान केन विलियम्सन २८ रनमा अविजित रहे पनि अन्य कुनै पनि व्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । न्यूजिल्याण्डका ६ जना व्याट्सम्यान शून्यमा आउट भए । न्यूजिल्याण्डको इनिङ ३५.३ ओभरमा ९० रनमा समेटिन पुग्यो ।

पाकिस्टानका यासिर साहले सर्वाधिक ८ विकेट लिए । उनले १२.३ ओभरमा ४१ रन दिए । फ्लोअनमा परेको न्यूजिल्याण्डले पुनः व्याटिङ शुरु गरेको छ ।

यसअघि पहिले व्याटिङ गरेको पाकिस्तानका लागि ह्यारिस सोहेल र बाबर आजमले शतकीय पारी खेलेका थिए ।

पहिलो टेस्टमा सुदृढ अबस्थामा रहेको पाकिस्तानको व्याटिङ धराशायी पार्दै न्युजिल्याण्डले रोचक जित हासिल गरेको थियो । पाकिस्तानले दोस्रो टेस्टमा जित हासिल गर्दै श्रृंखला बराबरी गर्ने मौका पाएको छ ।

प्रतिकृया दिनुहोस