जनरल मोटर्सले क्यानडाको एक उत्पादन प्लान्ट बन्द गर्ने
जनरल मोटर्स (जीएम)ले क्यानडाको ओन्टारियो राज्यको ओशावामा रहेको उत्पादन प्लान्ट बन्द गर्ने भएको छ ।
समाचार संस्था एजेन्सी फ्रान्स प्रेस (एएफपी) का अनुसार उक्त प्लान्ट बन्द हुँदा दुई हजार ८०० जनाले रोजगारी गुमाउनेछन् ।
टोरन्टोबाट करीब ६० किलोमिटर उत्तरपूर्वमा रहेको ओशावा प्लान्ट सन् १९५३ मा स्थापना भएको थियो । यस प्लान्टबाट चेभ्रोलेट र जीएमका पिकअपका साथै सेडान गाडीको उत्पादन भइरहेको छ ।
ओन्टारियो प्रान्तमा जीएमका अरु तीनवटा प्लान्ट छन् ।
कम्पनीको खर्च कटौती गर्नको प्लान्ट बन्द गर्ने निर्णय भएको जनाएको छ ।
गत अक्टोबर महीनामा मात्रै एमजीले उत्तर अमेरिकाका विभिन्न उत्पादन प्लान्ट र डिलर्सबाट करीब १८ हजार श्रमिक कटौती गर्ने घोषणा गरेको थियो ।
प्रविधिको प्रयोगका कारण धेरै प्लान्ट र श्रमिकको आवश्यकता नरहेको कम्पनीले जनाएको छ ।
यो वर्ष अगष्ट महीनासम्म जीएमले ५ अर्ब २५ करोड अमेरिकी डलर आर्जन गरेको छ ।