महोत्तरीमा दुर्घटनामा परी २ को मृत्यु
महोत्तरीका दुई स्थानमा मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा औरही-१ की ओमकलादेवी चौधरी छन्। यस्तै, ट्रयाक्टर दुर्घटनामा मृत्यु हुनेमा गौशाला-२ का लालु मण्डल (३) छन्।
१० मंसिर साँझ बर्दिवासबाट जलेश्वर आइरहेको ना२३प ९३६६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ज४प ८५७१ नम्बरको मोटरसाइकल रामगोपालपुर-७ टिकुलियामा ठक्कर खाँदा चौधरीको मृत्यु भएको हो। यस्तै, गौशाला-२ को निगौल सडकमा ज१त ३४९१ नम्बरको ट्रयाक्टरले सडकमा खेलिरहेका मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।