युक्रेनका पानीजहाज रुसको कब्जामा
बीबीसी
रुसले आक्रमण गरेर युक्रेनका पानीजहाजहरू नियन्त्रणमा लिएको छ।
क्रिमिया प्रायद्विप नजिक आक्रमण गर्दै रुसले युक्रेनका तीन वटा नौसैनिक जहाजहरू नियन्त्रणमा लिएको हो। यस घटनाले रुसले र युक्रेनबीचको तनाव थप बढाएको छ।
अजोव सागरस्थित आफ्नो जल सीमामा युक्रेनी जहाजहरू गैरकानूनी ढंगबाट प्रवेश गरेको आरोप रुसको छ।
उक्त घटनापछि रुसले अजोव सागरमा प्रवेश गर्ने कर्च स्ट्रेटमा ट्यांकर तैनाथ गरेको छ। अजोव सागरको जल सीमा रुस र युक्रेनबीच बाँडिएको छ।
युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले रुसी कदमलाई ‘सनक’को संज्ञा दिएका छन्। उक्त घटनामा रुसी सेनाले चलाएको गोली लागी ६ जना युक्रेनी ‘क्रु मेम्बर’ घाइते भएका छन्।
सन् २०१४ मा रुसले क्रिमियाई प्रायद्विप कब्जामा लिएयता रुस र युक्रेनबीचको सम्बन्ध तनावपूर्ण छ।