देउवा र मोदीबीच भेटवार्ता
भारत भ्रमणमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट वार्ता भएको छ ।
देउवा र मोदीबीच आज विहान भेटवार्ता भएको हो । भेटमा देउवासँगै उनकी पत्नी आरजु पनि थिइन् भने भारतका विदेश सचिव जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल पनि सहभागी थिए ।
इण्डिया फाउण्डेशनले गोवामा आयोजना गरेको ‘इन्डियाज कनक्लेभ–२०१६’ मा प्रमुख वक्ताका रुपमा देउवा भारत गएका हुन् ।