कला/साहित्यसोमवार, कार्तिक २२, २०७३

अमेरिकामा बृहत नेपाली सांगीतिक कार्यक्रम

हिमालखबर

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको सार्लाेट शहरमा बृहत नेपाली सांगीतिक कार्यक्रम भएको छ ।

नेपालबाट पुनर्वास भएका भुटानी शरणार्थीको एक संस्था ‘हु केयर्स इन्टरन्यासनल’ ले आयोजना गरेको उक्त कार्यक्रममा लोकप्रिय भुटानी गायक प्रताप सुब्बा, जिटिभीको सारेगमप २००७ का उपविजेता गायक कर्मा शेर्पा लगायतका कलाकारले दर्जन बढी गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अमेरिकाको नर्थ क्यारोलाईनका बिभिन्न ठाँउबाट भुटानी र नेपाली दर्शक आएका थिए ।

उक्त अवसरमा भुटानी श्रष्टा केएन मैनालीको सांगीतिक एल्बम ‘सारा जीवन’ समेत लोकार्पण गरियो । एल्बममा मैनालीद्धारा रचित तथा संगितबद्ध ६ गित छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली पत्रकार गोपाल गडतौलाले पुनर्वास भुटानीले आयोजना गर्ने साँस्कृतिक कायक्रमहरुको माध्यमबाट नेपाली भाषा र संस्कृतिको फैलावटमा मद्दत पुग्ने बताएका थिए ।

 

प्रतिकृया दिनुहोस