एंगोलो कान्टे ५ वर्ष चेल्सीमै रहने
फिफा विश्वकप २०१८ को बिजेता फ्रान्सका स्टार मिडफिल्डर एंगोलो कान्टेले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीसँग थप पाँच बर्ष अनुबन्धित रहने सम्झौता गरेका छन्।
फ्रान्सका उत्कृष्ट वर्ष खेलाडी कान्टेले चेल्सीसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि भने, “यहाँ आएपछि मेरा दुर्इ वर्ष शानदार रहे, थप वर्ष अझै उपलब्धिमूलक हुनेमा म आशावादी छु।”
कान्टे सन् २०१६ मा अर्को इङ्लिस क्लब लेस्टर सिटीबाट चेल्सी आएका थिए। लेस्टरलाई प्रिमियर लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कान्टेले चेल्सीमा अनुबन्धित भएको डेब्यु सिजनमै अर्को लिग उपाधि पनि जिते। चेल्सीबाट उनले 'एफ ए कप'को उपाधिसमेत जितेका छन्।
कान्टेलाई स्पेनिस क्लबहरूदेखि फ्रान्सेली लिग बिजेता पेरिस सेन्ट जर्मेनले समेत भित्र्याउने प्रयास गरेको थियो।