शेयर बजारमा १.१४ बिन्दुले कमी
धितोपत्र बजारमा ६ मंसिरमा शेयरको मूल्यमा सामान्य ह्रास आएको छ ।
नेपाल स्टक एक्सचेञ्जअनुसार नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्दु भएको छ । कूल १४३ कम्पनीको ७ लाख ७४ हजार ६८६ कित्ता शेयर रु २५ करोड २५ लाख १८ हजार ३५४ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबार भएका १० उपसमूहमध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ समूह २ दशमलव ६२, विकास बैंक २ दशमलव २९, माइक्रोफाइनान्स ६ दशमलव ७७ र जीवन बीमा २६ दशमलव शुन्य एक बिन्दुले घटेको छ । यस्तै, होटल ३३ दशमलव ६४, जलविद्युत् पाँच दशमलव ३३, वित्त एक दशमलव ५३, निर्जीवन बीमा शुन्य दशमलव ५४, उत्पादन 6 दशमलव २८ र अन्य तीन दशमलव ५७ बिन्दुले बढेको छ । रासस