धरहरा पूनर्निर्माणका लागि सेनाद्वारा ६ करोड १७ लाख
नेपाली सेनाले धरहरा पूनर्निर्माणका लागि रु ६ करोड १७ लाख १३ हजार प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
२३ कात्तिकमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नेपाली प्रधान सेनापति राजेन्द्र क्षत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् ।
चेक बुझ्दै प्रधानमन्त्रीले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गर्दै धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको जानकारी दिए ।
"हामी पूनर्निर्माणको चरणमा छौं, राज्यका सबै अंग मिलेर पूनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ," प्रधानमन्त्रीले भने, "त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ । सरकार पनि धरहरा निर्माणको बिकल्पबारे गृहकार्य गरिरहेको छ ।"