कला/साहित्यबिहिवार, मंसिर ६, २०७५

अमेरिकामा नेपाली चलचित्र, संगीत, सञ्चार र सामाजिक अवार्ड

हिमालखबर

अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लट शहरमा ‘ग्लोबल नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ हुने भएको छ ।

२२ डिसेम्बरमा कार्यक्रम आयोजना हुन लागेको आयोजक लभ एण्ड सपोर्ट फाउण्डेसन अमेरिकाका अध्यक्ष मनोज राईले बताए । उनका अनुसार ४ विधाका ५३ अवार्डका लागि आवेदन मनोनयन खुला गरिएको छ ।

नेपाल, अमेरिका, भुटान, म्यानमार, भारत, हङकङलगायत मुलुकबाट चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी र सामाजिक अगुवाहरूको मनोनयन आवेदन आइरहेको राइले जानकारी दिए । अवार्ड वितरण कार्यक्रम ‘३६४६ सेन्ट्रल एभ हल’मा २२ डिसेम्बर स्थानीय समयअनुसार अपरान्ह ३ बजेबाट साँझ ७ बजेसम्म हुने फाउण्डेसनले जनाएको छ ।

प्रतिकृया दिनुहोस