कला/साहित्यबिहिवार, मंसिर ६, २०७५

बलिउड कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

हिमालखबर

भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध २१ नोभेम्बरमा मुद्दा दर्ता गरेको छ।

'मि टु' अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। अभियानका कारण अन्य केही कलाकारमाथि पनि अनुसन्धान भइरहेको र केहीलाई कारबाही अगाडि बढाइएको प्रहरीको भनाइ छ।

लेखक तथा फिल्म प्रोड्युसर भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीका अनुसार नन्दले ओसिवारा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन्। सोही आधारमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस