सदभावना जिल्ला उपाध्यक्ष चौधरीको करेन्ट लागेर निधन
सद्भावना पार्टीको धनुषा उपाध्यक्ष रामचन्द्र चौधरीको २१ कात्तिक बिहान करेन्ट लागेर निधन भएको छ ।
जनकपुर उपमहानगरपालिका जानकी मन्दिर छेउको मड्का पछाडि रहेको निवासमा नुहाएर तारमा कपडा सुकाउँदै गर्दा चौधरीलाई करेण्ट लागेको हो ।
पोलबाट गएको तारमा भिजेको कपडाले छोइँदा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको चौधरीका परिवारजनले जानकारी दिएका छन् ।
५५ वर्षीय चौधरीका श्रीमती, १ छोरा र दुई छोरी छन् ।
चौधरी पछिल्लो दुईदशकदेखि सद्भावना पार्टीका सक्रिय नेताका रुपमा राजनीति गर्दै आएका थिए ।
उनको आजै दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर